Logo मंगलवार, श्रावण १२ गते २०८३
images

झडपपछि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा साँझ ४ बजेदेखि कर्फ्यु

झडपपछि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा साँझ ४ बजेदेखि कर्फ्यु

  • 3.7K
    SHARES

  • झडपपछि बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा साँझ ४ बजेदेखि कर्फ्यु

    बुटवल,असाेज २४ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कर्फ्यु लगाएको छ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाएको उल्लेख गरिएको छ।

    कर्फ्यु लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी (बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल १७), उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल १७) र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) रहेको छ ।

    यसअघि आइतबार दिउँसो मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समूहलाई हटाउन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको थियो।

    गोली प्रहार हुँदा कम्तिमा पाँचजना घाइते भएका छन्। मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि रुपन्देही प्रशासनले जग्गा खाली गराउन केही दिनदेखि प्रयास गर्दै आएको छ।

    आइतबार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारीबीच झडप भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology