Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीको माेतिपुरमा प्रहरी र स्थानीयबिच झडप,प्रहरीले गाेली चलायाे,२ जना घाइते

रूपन्देहीको माेतिपुरमा प्रहरी र स्थानीयबिच झडप,प्रहरीले गाेली चलायाे,२ जना घाइते

  • 5.2K
    SHARES

  • रूपन्देहीको माेतिपुरमा प्रहरी र स्थानीयबिच झडप,प्रहरीले गाेली चलायाे,२ जना घाइते

    बुटवल,असाेज २४ ।

    रूपन्देहीको माेतिपुरमा प्रहरीले गाेली चलाएको छ ।माेतिपुर औद्योगिक करिडाेरक्षेत्रमा जग्गा कब्जा गरेका स्थानीय र प्रहरीबिच झडप हुदा प्रहरीले गाेली चलाएकाे हाे । झडपमा २ जना घाइते भएका छन् ।

    बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

    उक्त क्षेत्रमा तनावको स्थिति भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जाको विषयले आइतवार प्रहरी र जग्गा कब्जा गरी बसेकाबीच झडप भएपछि रुपन्देही प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

    स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतवार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।Butwal-prashahn-release.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology