बुटवल,असाेज २४ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले राजतन्त्र पुनर्स्थापनाको लागि आन्दोलन चर्काउने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको भेलालाइ देवदह नगरपालिका वडा नं.६ मा शनिबार सम्बोधन गर्दै उनले देश विकासका लागि राजतन्त्र आवश्यक रहेको बताए ।
उदयले विदेशीको ईसारामा राजा र हिंन्दु राष्ट्र फालेको आरोप लगाउँदै देश विकासका लागि राजतन्त्र आवश्यक रहेको दावी गरे । राप्रपा देवदह ६ का अध्य्क्ष पूर्ण बहादुर गु्रङ्गको अध्यक्षतामा भ्एको कार्यक्रममा भएको युवा भेलाले अमन गुरूङको अध्यक्षतामा २३ सदस्यीय वडा समिती गठन गरेको छ ।
सोही कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य ताहिर अलीले पार्टी निर्माणमा लाग्न युवाहरूलाई निर्देशन दिए । उनले पार्टी निर्माणको जिम्मा युवाहरूको काँधमा आएको उल्लेख गरे।
राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्सालले स्थानिय तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । गोविन्द खरेलको स्वागत तथा गंगाराम गैरेको संचालनमा भएको कार्यक्रममा दिन बहादुर पुनलाइ व्हीलचेयर प्रदान गरिएको थियो ।
कार्यक्रममा क्षेत्रिय सदस्य कमल प्रसाद गौतम, राप्रपा जिल्ला सदस्य गंगाराम बिक र युवा संगठनका जिल्ला सदस्य पारस अधिकारीले लगायतले बोलेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)