बुटवल,भदौ १४ ।
रोटरी क्लव अफ वुटवल चौतारीले कोरोनाको संकटमा परेका बिभिन्न क्षेत्रहरुमा सहयोग प्रदान गरेको छ ।
मानव सेवा आश्रम बुटवल, नेपाल अपाङ्ग आश्रम देविनगर र प्रहरी कार्यालय मंगलापुरमा पुगेर क्लवले सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
क्लवले ३ स्थानमा गरि १ हजार ४ सय ३० थान मास्क, ४० लिटर सेनीटाईजर, ३ वटा सोलार लाईट र बृद्धबृद्धाको लागि आवश्यक पर्ने डाईपरहरु प्रदान गरीएको क्लवका अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिए ।
क्वलले सामाजिक दुरी कायम गरी गरेको कार्यक्रममा मानव सेवा आश्रम रुपन्देही संयोजक सरु अधिकारी, नेपाल अपांग आश्रम देविनगर अध्यक्ष दल बहादुर गुरुङ र प्रहरी कार्यालय मंष्लापुर का प्रमुख रुम बहादुर केसीलाई सामाग्रीहरु हस्तान्तरण गरेको कार्यक्रम संचालक एवं क्लवका सचिव अर्जुन ढकालले जानकारी दिए ।
कोरोना कहरलाई मध्यनजर गर्दे क्लवका न्युनतम सदस्यस्को सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष विष्णुप्रसाद घिमिरे, सदस्य हरु.बालकृष्ण पाण्डे ,बिक्रम अधिकारी ,सुरज क्षेत्रि,पदम खनाल लगायतको सहभाविगता रहेको थियो ।
४३ सदस्य रहेको क्वले सामाजिक कार्यहरु गर्दै आइर्एरहेको छ । क्लवले गत साउन महिनामा रक्तदान गरि ६७ युनिट रगत संकलन समेत गरेको थियो । कोरोना महामारी सँग लड्नका लागि आवश्यक पर्ने सहयोग संस्थाले सदैव गरिनै रहिरहने क्लवका अध्यक्ष पाण्डेले प्रतिबद्धता ब्यक्त गरे ।
साथै कोरोनाको महामारिले शिक्षा क्षेत्रमा पनि निकै प्रभाव पारेको ठहर गर्दे शिक्षा क्षेत्र माथि उकास्नको लागि ई–लर्निङ सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्न लागिएको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)