बुटवल,असाेज २४ ।
आइ एफ इ एस नेपाल र यूएसएआइडी र नेत्रहिन युवासंघको साझेदारीमा रुपन्देहीमा सञ्चालित अपाङ्गता भएका युवाहरुको राजनैतिक पहुँच विषयक कार्यशाला समापन गरिएको छ ।
दुई दिन सम्म भैरहवामा सञ्चालन भएको कार्यशालाको दोस्रो चरणमा बुटवलमा दुई दिन आयोजना गरी समापन गरिएको हो ।शनिवार बुटवलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्याशालाको समापन गरिएको छ । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै महासचिव खड्काले नेत्रहिन युवा संघ लगायत अपाङ्गता भएका व्याक्तिहरुको लागि मिडियामा पहुँच स्थापना गर्नको लागि पत्रकार महासंघ जहिले पनि तयार रहेको धारणा राखे । कार्यशाला समापनमा रुपन्देही उद्योग व्यापार संगठनका सचिव यमलाल रेग्मी, नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोख्रेल, सचिव टिकाराम घिमिरे, पत्रकार कृष्ण खनाल, सहभागीहरु रेखा रानामगर र माधव कण्डेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
भैरहवा र बुटवलमा ४ दिन सम्म आयोजना गरिएको कार्याशालमा २४ जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको थियो। तालिमको सहजीकरण अस्मीता क्षेत्री, टिकाराम घिमिरे, लक्ष्मी पाण्डेले जहजीकरण गरेका थिए । परियोजनाले रुपन्देहीमा विभिन्न कार्यक्रम अन्तर्गत सो कार्यक्रम सत्तचालन गरेको अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी दिइन् ।
दुई दिने कार्यशालामा विभिन्न अपांगता भएका १२ जना युवाको सहभागिता रहेको थियो ।कार्यक्रमको समापन सत्रमा लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीले अपांगता भएका व्यक्तीहरुको विभिन्न क्षेत्रमा पहुच बढ्दै गएको बताए ।कार्यक्रममा बोल्दै नेत्रहिन युवासंघका अध्यक्ष टिकाराम पौडेलले आफुहरुले सबै प्रकारका अपांगता भएका क्ष्यक्तीहरुको हक हितका लागि काम गरिरहेको भन्दै अपागामी दिनमा नतिजामखी काम गर्ने बताए ।
परियोजनाका प्रमोटर टिकाराम घिमिरे रलक्ष्मी पाण्डेले लोकतन्त्र ,नेतृत्व,जनप्रतिनिधि र अधिकारका विषयमा सहजिकरण गनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)