Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीका कांग्रेस नेता प्रेम खरेलको भारतमा निधन

रुपन्देहीका कांग्रेस नेता प्रेम खरेलको भारतमा निधन

  • 5.7K
    SHARES

  • रुपन्देहीका कांग्रेस नेता प्रेम खरेलको भारतमा निधन

    बुटवल,असोज २३ ।

    नेपाली कांग्रेसका नेता प्रेम खरेलको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा ४ निवासी खरेलको केही बर्ष पहिले मुटुको भल्भ फेरिएपछि उहाँ नियमित उपचारमा हुनुहुन्थ्यो ।

    खरेलको शनिबार उपचारको क्रममा भारतको दिल्लीको मेदान्त अस्पतालमा निधन भएको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नागरिक अनलाइनलाई जानकारी दिए ।

    ५७ वर्षीय खरेल खरेल महासमिति सदस्य तथा पूर्व जिल्ला सदस्य समेत हुन् । स्वर्गिय खरेलका १ छोरा र ५ छोरी छन् । 

    यस्तै नेपाली कांग्रेस रुपन्देहीले खरेलको निधन प्रति शोक व्यक्त गरेको छ ।  खरेलको निधनले स्तब्ध एवं मर्माहत बनाएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्धारा जारी शोक विज्ञप्तीमा उल्लेख छ ।

    शोकमा कांग्रेस रुपन्देहीले ३ दिन सम्म पार्टीको झण्डा झुकाउने जनाएको  छ ।

    244529458_1316039502189901_5600940699154006582_n.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology