Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना अस्पताल बुटवलमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्याे,थप दुईजना पुरुषको मृत्यु

कोरोना अस्पताल बुटवलमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्याे,थप दुईजना पुरुषको मृत्यु

  • 2.7K
    SHARES

  • कोरोना अस्पताल बुटवलमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्याे,थप दुईजना पुरुषको मृत्यु

    बुटवल,असोज १५ -

    बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो। असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएको र गएराती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

    त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल आएका कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनकाे बिहीबार रिपोर्ट पाेजेटिभ आएको हो। उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो।

    बुधबार दिउसो १ बजे श्वासप्रश्वासको समस्या देखिएपछि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो। रुपन्देहीमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology