Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स बुटवल संसारद्वारा शुभकामना आदान-प्रदान तथा बिरामीलाइ २५ हजार आर्थिक सहयोग

लायन्स बुटवल संसारद्वारा शुभकामना आदान-प्रदान तथा बिरामीलाइ २५ हजार आर्थिक सहयोग

  • 2.8K
    SHARES

  • लायन्स बुटवल संसारद्वारा शुभकामना आदान-प्रदान तथा बिरामीलाइ २५ हजार आर्थिक  सहयोग

    बुटवल,असोज २३ ।

    लायन्स क्लव अफ बुटवल संसारको आयोजनामा शुभकामना आदान-प्रदान तथा आर्थिक रकम सहयोग हस्तान्तरण गरिएको छ ।

    क्लवका अध्यक्ष बिकाश श्रेष्ठको अध्यक्षता तथा लायन्स ५१ का रिजन चियर पर्सन नारायण थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दशै ,तिहार ,छठ,नेपाल सम्बतको शुभकामना आदान-प्रदान गरिएको हो ।

    कार्यक्रममा बिशिष्ट अतिथि जोन १०४  का चियर पर्सन  बिनेश बज्राचार्य,कार्यक्रम संयोजक क्लबका कोषाध्याक्ष  राजेश खत्री लगायतले बोलेका थिए । सो अवसरमा दुई बर्ष अघि गुल्मीमा कार दुर्घटनामा परि गर्धनको  हड्डी भाँचिएर नशामा समस्या आएपछि शरीरको कुनै पनि अंग नचलेका बिनोद खत्री लाई २५ हजार ३२० रूपैँया सहयोग गरिएको हो ।

    उनी अहिले  बुटवल ८ तिनाउ हस्पिटल अगाडि सुख्खानगर आफ्नो आमासंघ भाडामा बस्दै आएका छन् । कार्यक्रमका प्रमुख अतिथि  नारायण थापाले लायन्स जहाँ दुस्ख्छ त्यहा पुग्छ भन्ने नारालाई पुष्टी गरेको बताए ।

    बिशिष्ट अतिथि बिनेश बज्राचार्यले क्लबका कार्यक्रमहरु फरक भएको भन्दै धन्यबाद दिए । सो कार्यक्रम क्लबका सचिव गोविन्द पाण्डेले संचालन गरेका थिए।hlp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology