बुटवल,असाेज २२ ।
प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था बुटवल ४ को आयोजनामा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।बिजया दशमी,शुभ दीपावली,छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
सहकारीका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पदाधिकारी,कार्यसमिति सदस्य,शेयरधनी तथा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । सो अबसरमा बोल्दै अध्यक्ष घिमिरेले सहकारीलाइ बिशिष्ट पहिचानको बनाउने योजना भएपनि कोरोना महामारीका कारण चाहेजस्तो काम गर्न नसकिएको बताउनुभयो ।
उहाले पारदर्शितालाइ मूलमन्त्र बनाएर अगाडि बढाइएको जानकारी दिनुभयो ।बोल्ने बक्ताहरुले समाजमा प्रतिबद्ध सहकारीको फरक पहिचान स्थापित गराउन सबैले आ आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताएका थिए ।
सो अबसरमा पूर्व उपाध्यक्ष माधब ढकाल,उपाध्यक्ष शारदादेबी शर्मा,लेखा समिति संयोजक दीपक पाण्डे,पूर्व शिक्षा समितिका संयोजक तथा शेयर सदस्यहरु कपिल ज्ञवाली,बिजय नेपाल,उपलाल घिमिरे,रेमलाल पौडेल नबिन,तिलकराम घिमिरे,हरि घिमिरे,भुवन भुषाल,ब्यबस्थापक रिखीराम भट्टराइ लगायतले बोल्दै सहकारीको बिकाससंगै आर्थिक पारिदर्शिता सधै कायम हुनुपर्नेमा जोड दिए ।सहकारीमा साढे ७ सय शेयर सदस्य रहेको छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)