Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘दलालीपूर्ण राजनीतिका कारण मुलुक नै नरहने चिन्ता छ’ : चित्रबहादुर केसी

‘दलालीपूर्ण राजनीतिका कारण मुलुक नै नरहने चिन्ता छ’ : चित्रबहादुर केसी

  • 2.0K
    SHARES

  • ‘दलालीपूर्ण राजनीतिका कारण मुलुक नै नरहने चिन्ता छ’ : चित्रबहादुर केसी

    बुटवल,असाेज २२ ।

    राष्ट्रिय जनमाेर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले देशका ठूला राजनीतिकदलको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने हो की भन्ने अवस्था सृजना भएको दाबि गरेका छन् ।

    शुक्रवार देखि बुटवलमा सुरु भएको अखिल (छैठौँ)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बेधन गर्दै नेता केसीले देशी तथा विदेशीतत्वहरुले नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनतामाथि धावा बोलिरहेको बताए ।

    उनले भने -‘त्यसलाई मलजलहुने गरी दलालपार्टीहरु लागिरहेकाछन् । विद्यार्थी साथिहरु त्यस तर्फ सचेत हुनुपर्ने बेला आएको छ,‘तीर त्यस्ता जालझेल पूर्ण गतिविधिका विरुद्धमा एक जुटभएर जनमत तयार गर्नुपर्छ ।’


    केसीले पार्टी भित्रको विवादवामपन्थी संकिणवादको संकेत भएको बताए । ‘आफ्नो कुनै क्रान्तिकारी लाईन दिननसक्ने तर पार्टीले दक्षिणपन्थीलाईन लियो भन्ने प्रवृति नै वामपन्थी संकिणवादको उदाहरणहो’, उनले भने । सम्मेलनमा बौल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय उपसभापति मुक्तिराज पौडेलले लामो समय देखि एउटै एजेन्डामा विद्यार्थी आन्दोलन केन्द्रित भएकोले समस्याहरु समाधान हुन नसकेको बताए । उनले अव नयाँ प्रकारले आन्दोलनको नेतृत्व गर्नुपर्ने बेला आएको बताए । 

    अनेरास्वयू केन्द्रिय उपाध्यक्ष यमराज पाण्डेले विद्यार्थीका एजेन्डा कमजोर बन्दै गएको बताए । विप्लप नेतृत्वको नेकपानिकटअखिलक्रान्तिकारीका केन्द्रियअध्यक्ष प्रकाश शाहीले विद्यार्थीहरुका समस्याझन पछिझनबढ्दै गएको बताए ।

    अखिल क्रान्तिकारीका केन्द्रियअध्यक्ष हरिकृष्ण गजुरेल शिक्षालाई पूर्ण रुपमा राष्ट्रीयकरणगर्दै निशुल्क र सर्वसुलभ बनाउनु पर्नेमाजोड दिए ।

    नेकपा एकीकृत समाजवादी निकटको अनेरास्वयूका केन्द्रिय अध्यक्ष सुदश पराजुलीले विद्यार्थी आन्दोलनलाई विचलनबनाउने जालझेल सुरु भएको भन्दै सचेत रहनविद्यार्थीहरुलाई आग्रह गरे । 

    सम्मेलन संचालन केन्द्रिय सचिव सुवास जिसी, केन्द्रिय अध्यक्ष विमल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल छैठौँकापूर्व अध्यक्ष कृष्णाअधिकारी, तराई मधेश जनवादीमोर्चाकाअध्यक्षबद्रे आलम, जातीय समता समाजका केन्द्रियअध्यक्ष राजेश विक, अखिल नेपालकिसान संघका उपाध्यक्षचन्द्र बहादुर केसी, जनजाति सम्मेलनका केन्द्रिय अध्यक्ष निमबहादुर बुढा, प्रदेशसभा सदस्यतारा जिसी, अखिल नेपालयुवक संघका केन्द्रियअध्यक्षअनिल किशोर घिमिरे, अखिल नेपाल महिला संघका केन्द्रिय महासचिव सकुन्तला राना लगायतले बोल्दै विद्यार्थी आन्दोलनलाई शसक्त गर्नुपर्ने बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology