Logo बुधवार, श्रावण १३ गते २०८३
images

सेवाबारे जानकारी दिँदै नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयद्वारा शुभकामना आदानप्रदान

सेवाबारे जानकारी दिँदै नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयद्वारा शुभकामना आदानप्रदान

  • 3.6K
    SHARES

  • सेवाबारे जानकारी दिँदै नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयद्वारा शुभकामना आदानप्रदान

    बुटवल,असाेज २२ ।

    नेपाल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा शुभकामना आदान-प्रदान तथा सेवासम्बन्धि जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ ।

    रूपन्देहीको तिलोत्तमामा भएको कार्यक्रममा सहजीकरण गर्दै बैंकका प्रदेश प्रमुख लेखनाथ भुसालले बैंकलाई समयसापेक्ष बनाईएको बताउनुभयो । उहाँले १९९४ कार्तिक ३० मा स्थापना भएको नेपाल बैंक लिमिटेड र नेपालको पहिलो बैंक भएको बताउनुभयो । उहाँले देशभर २१३ शाखा ६९ जिल्लामा फैलिएको साथै १८ लाख ग्राहकलाई सेवा दिइरहेको जानकारी दिनुभयो ।

    लुम्बिनी प्रदेशमा रहेर अहिले ग्राहकलाई सेवा दिने,सम्बन्ध स्थापना गर्ने र बिश्वासको वातावरण बनाउने  र जनताको राेजाइको बैंक बनाउने काम  भैरहेको जानकारी दिनुभयो ।

    सो अबसरमा बैैंकका प्रादेशिक कार्यालय प्रबन्धक सुपज ज्ञवाली ,मणिग्राम शाखा प्रबन्धक लोकनाथ भुसाल, सिद्धार्थनगर शाखा प्रबन्धक विश्वराज अधिकारी लगायतले बोल्दै प्रविधिमैत्री बैंक बनाउने गरि काम गरिएको बताएका थिए ।

    चाडपर्वमा अफर स्वरूप “शुभज्ञान वचत” खाता :

    बडादशैँ, तिहार र छठको अवसरमा बैंकले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको र बैँक र  नेपाल टेलिकमका बिच भएको सम्झौतामा बिद्यार्थीहरु र दम्पत्तीहरुलाई लक्षित गरि ल्याएको नयाँ बचत खाता “शुभज्ञान वचत”  खाता खोल्दा विद्यार्थीहरुलाइ र “सहयात्री वचत”  खाता खोल्दा दम्पत्तीहरुलाइ ४ वटा वम्पर अफरहरु प्रदान गरिने छ ।

    शुन्य व्यालेन्समा “शुभज्ञान बचत खाता” र रु ५०० न्यूनतम व्यालेन्समा “शहयात्री वचत खाता” खोल्न सकिने छ, जसमा नेपाल टेलिकमको निशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने बैँकले जनाएको छ ।

    सो अवसरमा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिल झा ,बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपाने,शान्ति नमुना माबिका प्रधानाध्यापक कुलप्रसाद लामिछाने लगायतले बोल्दै बैंकलाइ अरूभन्दा भिन्न र उत्कृष्ट सेवा दिन सुझाव दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology