बुटवल,असाेज २२ ।
प्रधानमन्त्री भएको तीन महिनापछि शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। तेस्रो पटक मन्त्रिपरिषद पुनर्गठन भएको हाे ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट बाँकेका पुराना नेपाली कांग्रेसका नेता गजेन्द्र हमाल पनि मन्त्रिपरिषदमा अटाएका हुन् ।
हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। आजै मन्त्रीहरुको शपथको तयारी गरिएको छ। देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् ।
शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् । सरकारका उपप्रधानमन्त्री छैनन् ।
कसलाई कुन मन्त्रालय ?
नेपाली कांग्रेसबाट :
बालकृष्ण खाँण – गृह मन्त्रालय
नारायण खड्का –परराष्ट्र मन्त्रालय
ज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधि
दिलेन्द्र बडु– कानुन न्याय तथा संसदीय मामिला
उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक
मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय
उमाकान्त चौधरी– खानेपानी मन्त्रालय
गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
माओवादी केन्द्रबाट:
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज
जनता समाजवादीबाट:
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव
एकीकृत समाजवादीबाट :
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ ९किसान०
सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)