बुटवल,असाेज २१ ।
नेपाली कांग्रेस बुटवल १० को आयोजनामा बिजयादशमी,शुभ दिपावली, छठ ,नेपालसम्वतको अवसरमा शुभकामना आदानप्रदान साथै बधाई ,सम्मान कार्यक्रम गरेको छ । एक कार्यक्रमका बिच नगर समितिमा निर्वाचित पदाधिकारी सदस्यलाई बधाई तथा सम्मान गरिएको हो ।
वडा न १० का कांग्रेस सभापति किशनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्षेत्र न २ का क्षेत्रीय सभापति हरि लम्सालले कांग्रेसलाई जिताउने अभियान शुरू भएको बताउनुभयो ।
बुटवल नगर सभापति खेलराज पाण्डेयले पहिलो प्राथमिकता मतदाता नामावलीमा सबैलाई समेट्ने बताउनुभयो ।उहाले कांग्रेसलाइ रुपन्देहीभर नै जिताउन सबै एकजुट भएर असघ बढ्न आग्रह गर्नुभयो ।
वडा उपसभापति रामकुमार श्रेष्ठको स्वागत तथा सचिब प्रकाश भट्टराइको संचालनमा भएको कार्यक्रममा नगर उपसभापति ज्योति भण्डारी,सचिब गंगा पन्थी लगायत बोल्ने बक्ताहरुले कांग्रेसलाइ सबैको प्यारो पार्टी बनाउनुपर्ने बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)