बुटवल,असोज १४-
रुपन्देहीमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ६११ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
बुधबार बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १३ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनामना नगरपालिकामा ३ जना, देवदह नगरपालिका र सुद्धोधन गाउँपालिकामा २-२ जना र सियारी गाउँपालिकामा १ जना संक्रमित थपिएकाे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएकाे छ ।
रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ९ सय ३२जना संक्रमित निको भएका छन भने ६५५ जना उपचाररत अवस्थामा रहेका छन् । बुधबार २८ संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये १२ जना महिला र ३५ जना पुरुष रहेका छन् । जिल्लामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)