Logo बिहिवार, आश्विन १ गते २०८३
images

मणि उजेश र फ्लोरेन्सद्वारा गंगोलियामा स्तन तथा पाठेघर क्यान्सरबारे सचेतना 

मणि उजेश र फ्लोरेन्सद्वारा गंगोलियामा स्तन तथा पाठेघर क्यान्सरबारे सचेतना 

  • 1.8K
    SHARES

  • मणि उजेश र फ्लोरेन्सद्वारा गंगोलियामा स्तन तथा पाठेघर क्यान्सरबारे सचेतना 

    बुटवल,असोज २० ।

    विश्व स्तन क्यान्सर दिवस महिनाको अवसर पारेर रुपन्देहीको तिलोत्तमा गंगोलियामा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतना कार्यक्रम गरिएको छ ।

    ग्राणिम बस्तिमा रहेका महिलाहरुमा सरसफाई र स्वास्थ्य सचेतना अभावका कारण हुने स्वास्थ्य समस्या र त्यसले नित्याउने स्तन र पाठेघर खस्ने समस्या र त्यसको क्यान्सरका बारेमा लायन्स क्लव अफ बुटवल मणि उजेश र लायन्स क्लव अफ बुटवल फ्लोरेन्सले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

    महिलाहरुलाई स्तन र पाठेघरमा हुने संक्रमण र त्यसले नित्याउने जोखिम र जोखिमपछि हुन सक्ने मृत्युदर घटाउन पनि सचेतना आवश्यक भएकाले तिलोत्तमाको गंगोलियालाई ग्रहण गरेको मणि उजेशले फ्लोरेन्ससँगको सहकार्यमा गंगोलियामा क्यान्सर बारे सचेतना कार्यक्रम गरेको मणि उजेशका अध्यक्ष प्रविना घिमिरेले जानकारी दिनुभयो । लायन्स क्लव ईन्टरनेशनल ३२५ बीटुका डिष्ट्रिक एक्जुकेटिभ चिफ सुनिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय झण्डै एकसयजति महिलालाई पाठेघर खस्ने समस्या र स्तन क्यान्सरका बारेमा सचेत पारिएको लायन्स क्लव अफ बुटवल फ्लोरेन्सका चार्टर्ड प्रसिडेन्ड सुनिता पाण्डेले जानकारी दिनुभयो ।

    सन्जिवनी मेडिकल कलेजका प्राध्यापक सुस्मीता श्रेष्ठले स्तन क्यान्सरका बारेमा र  देवदह मेडिकल कलेजका नर्सिङ्ग प्राध्यापक तृष्णा बज्राचार्य,  लुम्विनी प्रादेशिक अस्पतालका नर्सिङ्ग इन्चार्ज विष्णु पन्थीले पाठेघर खस्ने समस्या र क्यान्सरका बारेमा सहजिकरण गर्नु भएको लायन्स क्लव अफ बुटवल फ्लोरेन्सका सचिव शान्ता भण्डारीले जानकारी दिनुभयो । यसैबीच मणि उजेशले ग्रहण गरेको तिलोत्तमाको गंगोलिया गाउँका पाँच दर्जनबढी परिवारका सदस्यहरुलाई लत्ता कपडा वितरण गरिएको छ ।

    मणिउजेश र लायन्स क्लव अफ बुटवलको फ्लोरेन्सको सहकार्यमा लत्ता कपडाको अभाव देखिएका स्थानीय महिला तथा बालबालिकाहरुलाई कपडा वितरण गरिएको क्लवका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । कपडा वितरण कार्यक्रमका लागि क्लवका सदस्य सिभाङ्गी गुरुङ्ग, रुबी रेग्मी, प्रिया कसौधन र  सिमा बस्याल सहयोग गर्नु भएको क्लवले जनाएको छ ।

    मणि उजेशले हालै स्पोन्सर गरेको  फ्लोरेन्स क्लवसँगको  सहकार्यमा कार्यक्रम गरेको र आगामी दिनमा गंगोलीमा निरन्तर सामाजिकसँगै सचेतनात्मक कार्यक्रम गर्ने बताएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology