Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई असाेज २२ र २३ गते कोभिड–१९ विरुद्धको भेराेसेल खोप दिइने

रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई असाेज २२ र २३ गते कोभिड–१९ विरुद्धको भेराेसेल खोप दिइने

  • 8.5K
    SHARES

  • रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई असाेज २२ र २३ गते कोभिड–१९ विरुद्धको भेराेसेल खोप दिइने

     बुटवल,असोज २० ।

    रूपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको भेराेसेल खोप दिइने भएको छ । असाेज २२ र २३ गते भित्रै सबै पालिकामा एकसाथ खाेप दिइने भएको हाे ।

    जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको असाेज १९ को निर्णय अनुसार स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाको असाेज १८ को पत्र अनुसार भेराेसेल खोप दिइने स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    दशैँअघि नै सबै पालिकाहरुमा एकैसाथ खाेप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयले सबै पालिकालाइ परिपत्र गरेको छ ।

    यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने नागरिक अनलाइनलाइ बताए । राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।

    यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनको भनाई छ ।  दसैंलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology