Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी सरकारले आज सदनमा बजेट पेश गर्ने ,अघिल्लाे सरकारको अध्यादेश खारेज गरिने

लुम्बिनी सरकारले आज सदनमा बजेट पेश गर्ने ,अघिल्लाे सरकारको अध्यादेश खारेज गरिने

  • 3.1K
    SHARES

  • लुम्बिनी सरकारले आज सदनमा बजेट पेश गर्ने ,अघिल्लाे सरकारको अध्यादेश खारेज गरिने

     बुटवल,असोज २० ।

    लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन बिधेयक मार्फत् नयाँ बजेट ल्याउने भएको छ ।  मन्त्री परिषद्को बैठकले आर्थिक वर्ष २०७८-०७९ को बजेट आज १ बजे सदनमा पेश गर्ने निर्णय गरेको हाे  ।

    बुधबार विहानै बसेको मन्त्री परिषद्को बैठकलेबजेट पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । 

    मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्री परिषद्ले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा अध्यादेशबाट ल्याएकोलाई नीति, कार्यक्रम र बजेट  मन्त्री परिषद्को बैठकले सदनबाटै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने निर्णय गरेको हाे ।

    अघिल्लो प्रदेश सरकारले लिएको बजेट सम्वन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लैजाने भएको छ । जसमा  प्रदेश सरकारको अर्थ सम्वन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रबक्ता कृष्णध्वज खड्काले बताउनुभयो । 

    यस्तै प्रदेश विनियाेजन विधेयक प्रदेश सभामा पेश गर्ने प्रदेश सरकाकेो अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वय गर्न विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको मुख्यन्त्रीका प्रेश संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology