Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उद्योग बाणिज्य संघद्वारा ५ दिने दशैं सस्तो बजारको तयारी पूरा,३० वटा स्टल राखिने

बुटवल उद्योग बाणिज्य संघद्वारा ५ दिने दशैं सस्तो बजारको तयारी पूरा,३० वटा स्टल राखिने

  • 8.1K
    SHARES

  • बुटवल उद्योग बाणिज्य संघद्वारा ५ दिने दशैं सस्तो बजारको तयारी पूरा,३० वटा स्टल राखिने

    बुटवल,असोज १९ ।

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बिहिबारदेखि बुटवलमा दशैं सस्तो बजार हुँदैछ ।

    संघको सचिवालय बालमन्दिर परिषरमा घटस्थापनादेखि पञ्चमीसम्म ५ दिन सञ्चालन गरिने दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको व्यबस्था सहित साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थाका दुधबाट बनेका परिकार लगायतका ३० वटा स्टल राखिने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ (कुलप्रसाद)ले बताउनु भयो ।

    उहाँका अनुसार एक बस्तुको एउटा मात्रै स्टल राखिनेछ । दशैं सस्तो बजारमा राखिएका बस्तु बाहिर बजारमा भन्दा सस्तोमा उपलब्ध गराईने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो । संघले प्रत्येक वर्ष दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको छ । तर कोरोना महामारीका कारण अंघिल्लो वर्ष हुन सकेको थिएन ।

    यो वर्ष कोरोना महामारीको संक्रमण न्यून भएकाले स्वास्थ्य मापदण्डको पालना गरि सस्तो बजार सञ्चालन गर्न लागिएको संघका महासचिव बिमलराज भट्टराईले बताउनु भयो ।

    अहिले सञ्चालन गर्न लागिएको २० औं संस्करणको दशैं सस्तो बजार हो । यो २० औं संस्करणको दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, खाद्यान्न, चिनी, तेल, नुन, आटा, दाल, चिया, दुग्धजन्य उत्पादन, पुजा सामाग्रि, मसला, माछा मासु लगायतका स्टलहरु समावेश गरिने संघले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology