Logo बिहिवार, आश्विन १ गते २०८३
images

नाडा लुम्बिनीद्वारा ट्राफिक प्रहरीलाई रिफ्लेक्टर ज्याकेट,यात्रुलाइ मास्क र सवारीमा स्टिकर टाँस !

नाडा लुम्बिनीद्वारा ट्राफिक प्रहरीलाई रिफ्लेक्टर ज्याकेट,यात्रुलाइ मास्क र सवारीमा स्टिकर टाँस !

  • 3.1K
    SHARES

  • नाडा लुम्बिनीद्वारा ट्राफिक प्रहरीलाई रिफ्लेक्टर ज्याकेट,यात्रुलाइ मास्क र सवारीमा स्टिकर टाँस !

    बुटवल,असोज १९।

    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको सहकार्यमा ट्राफिक सचेतना अभियान २०७८ गरिएको छ।

    भिडभाड बढ्दै जाँदा सुरक्षा र कोभिड १९ जोखिम समेत रहेको भन्दै अभियानमार्फत सचेतना कार्यक्रम गरिएको हो । एक समारोहका बिच ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापाले सवारी साधनमा नो हर्न स्टिकर टासेर उद्घाटन गरेका छन्।

    शहरी क्षेत्रमा हर्न निषेधित गरिएपनि कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै अनुगमनलाइ बढाउने बताए। यसैगरि दुघर्टनाको दर बढ्नुमा लेन अनुसासन पालनाको कमी र ओभर स्पिड कारक देखिएको भन्दै यसतर्फ पनि ट्राफिकले कार्यक्रम अघि बढाउने उनले बताए। सरोकारवाला निकायहरुसंग ट्राफिक प्रहरी सहकार्य गरेर अघि बढ्न तयार रहेको उनले बताए। traffic sachetana cheking.jpg

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका नायव उपरिक्षक मदन कुवर, महासचिव रोशन पाण्डे, वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव रामु बेलबासे, सदस्य राधाकृष्ण देउला, प्रवेश भट्टराई, तिलकराम पाण्डेले यात्रुहरुलाई मास्क वितरण गरेका थिए।

    यसैबिच नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिह थापालाई ४० थान रिफ्लेक्टर ज्याकेट हस्तान्तरण गरेका छन। लेन अनुसार सवारी चलाउन कार्यान्वयनलाई प्राथमिकता दिएर कार्यक्रमहरु गरिने बताए।

    कार्यक्रममा अक्सफोर्ड कलेजका विद्यार्थीहरुले सहयोग गरेका थिए।

    bus.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology