बुटवल,असोज १८ ।
लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवल ज्योतिनगरका पहिरो पिडीतलाई आर्थिक सहयोग गरेको छ ।
क्लवका अध्यक्ष खेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जोन ९१ का जोन चियर पर्सन राजु पौडेलको प्रमुख आतिथ्यता रहेको थियाे ।
वडा ३ का वडा सदस्य लिला श्रेष्ठको सहभागितामा पहिरो पीडित लिला जिसीलाई आर्थिक सहयोग गरेको प्रकाश खनालले नागरिक अनलाइनलाई जानकारी दिए । साे कार्यक्रमको संयोजन सागर शर्माले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)