Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा जसपाको समाजवादी युवा संघ गठन,सुरजको नेतृत्वमा ५१ जनाको समिति

बुटवलमा जसपाको समाजवादी युवा संघ गठन,सुरजको नेतृत्वमा ५१ जनाको समिति

  • 3.5K
    SHARES

  • बुटवलमा जसपाको समाजवादी युवा संघ गठन,सुरजको नेतृत्वमा ५१ जनाको समिति

     बुटवल,असोज १८ ।

    जनता समाजवादी पार्टी (जसपा) को भातृसंगठन समाजवादी युवा संघको बुटवलमा आज सोमबार भएको भेलाले सुरज हितान मगर अध्यक्षतामा ५१ सदस्य कार्यसमिति गठन भएको छ ।

    जसको उपाध्यक्षमा रोनिश श्रेष्ठ,मिना गुरूङ्ग , राजु परियार, सन्देश बुढा मगर, रहेका छन् । सचिवमा भरत पौडेल , सह–सचिव गणेश न्यौपाने , कोषाध्यक्ष अली हुसेन रहेका छन् । कार्यसमितिको सदस्यहमा आकाश क्षेत्री ,सुरज तुलाचन रोहीत आलेमगर कमल खराल आश्विन आले मगर,चेतन थापा,लक्की क्षेत्री रहेका छन् ।

    भेलालाई लुम्बिनी प्रदेश सह ईन्चार्ज कमल खनाल , मुख्य सचिव यज्ञ पोख्रेल दलित प्रदेश अध्यक्ष सावित्रि विक केन्द्रिय सदस्य पंकज राई विमल गिरी लगायतले सम्वोधन गर्दे युवाहरु पार्टी भित्र संरक्षण गर्दे देश विकास काम अगाडि बढाउनु पार्टीको मूख्य दायीत्व रहेको बताएका थिए ।

     भेलाले एक वर्ष भित्र नयाँ कमिटि गठन गर्ने गरि गठन गर्ने गरी नेतृत्व प्रदान गरेको पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए । पार्टीलाई उपेन्द्र यादवको नेतृत्व गएपनि भातृसंगठनहरु पनि सक्रिय बनाउने अभियान संचालन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology