Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा १०३० जना कोरोनाभाइरस संक्रमित थपिए

२४ घण्टामा १०३० जना कोरोनाभाइरस संक्रमित थपिए

  • 1.3K
    SHARES

  • २४ घण्टामा १०३० जना कोरोनाभाइरस संक्रमित थपिए

    बुटवल,असोज १८।

    बितेको २४ घण्टामा देशभर १०३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यस्तै बितेको २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् । 

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १७४ पुगेको छ । यस्तै हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कुल ७ लाख ९८ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९२ हजार २५२ जनामा संक्रमण पुष्टि भएको छ । 

    संक्रमितमध्ये हालसम्म ७ लाख ७० हजार २२४ जना निको भएका छन् । हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology