Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको एक प्लाई उद्योगमा कामदार बिच झडप,चक्कु हानेर एकजनाको हत्या

रुपन्देहीको एक प्लाई उद्योगमा कामदार बिच झडप,चक्कु हानेर एकजनाको हत्या

  • 2.6K
    SHARES

  • रुपन्देहीको एक प्लाई उद्योगमा कामदार बिच झडप,चक्कु हानेर एकजनाको हत्या

    बुटवल,असोज १८ ।

    रुपन्देहीमा चक्कु प्रहारबाट एक जनाको हत्या गरिएको छ ।रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकरमा रहेको प्लाई उद्योगमा मदिरा सेवन गरी त्यहीँका कामदारबीच झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।

    हरिजनलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । ‘उनीहरु एउटै फ्याक्ट्रीका कामदारहरु हुन् ।

    राति मापसे गरी एक आपसमा झडप हुन गई एक जनाको मृत्यु भएको छ । मृतकका बाबु गोपालचन्द हरिजन घाईते छन्,’ उनले भने, ‘हत्यामा संलग्न रवि सिंह पनि घाइते छन् र निजलाई नियन्त्रणमा लिइसकेका छौं ।’

    उनका अनुसार रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भएको जनाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology