Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सालघारी खानेपानीद्वारा बेलबास-नयाँगाँउक्षेत्रमा ३ दिने वृहत सरसफाई अभियान संचालन

सालघारी खानेपानीद्वारा बेलबास-नयाँगाँउक्षेत्रमा ३ दिने वृहत सरसफाई अभियान संचालन

  • 4.0K
    SHARES

  • सालघारी खानेपानीद्वारा बेलबास-नयाँगाँउक्षेत्रमा ३ दिने वृहत सरसफाई अभियान संचालन

    बुटवल,असोज १८ ।

    सालघारी खानेपानी तथा सरसफाई संस्था बुटवल १२ र १३ को आयोजनामा ३ दिने वृहत सरसफाई अभियान शुभारम्भ भएको छ। अभियानको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का जनप्रतिनिधि बेद प्रकाश गैरेले कार्यक्रमको उद्घाटन गर्दै सरसफाईको विषयमा टोलबासी अग्रसर हुनुपर्ने बताए।

    फोहोर ब्यवस्थापन अहिले देशमै मुख्य चुनौती बनेको भन्दै फोहोरबाट मोहरको अभियानलाई जोड्न सकेमात्र दीर्घकालिन समाधान निस्कने दाबी गरे।

    जनचेतनामुलक र्यालीमा जबई टोल विकास संस्था, जनकल्याण टोल विकास संस्था, अमरपथ टोल विकास संस्था,  सालघारी टोल विकास संस्था, पासाङ टोल विकास संस्था र संगम टोल विकास संस्था गरि ६ टोलका बासिन्दा सहभागीहरुले सड्ने र गल्ने फोहोर छुट्टाछुट्टै राखौ, ठाउँठाँउमा राखिएका डष्टबिनको उचित प्रयोग गरौँ, बाटोघाटोमा फोहोर नगरौँ, स्वस्थ्य प्रति सचेत बनौँ, सफा रहौँ, स्वस्थ्य रहौँ लगायत प्लेकार्ड सहित सहभागीहरुले घरदैलो गरेका थिए।

    खानेपानी संस्थाका अध्यक्ष हितमान पुनले ३ दिनसम्म विविध कार्यक्रम गरि मनाईने बताए। पहिलो दिन सामुहिक रुपमा वृहत जनचेतना कार्यक्रम गरिएको उनले बताए।sarsafai.jpg

    सरसफाई र खानेपानी आम नागरिकको स्वस्थ्यसंग जोडिएको मुख्य विषय भएकाले यसलाई जोडदिएर कार्यक्रम गरिएको बताए। दोस्रो आआफ्नो टोलमा संस्थाहरुबाट सरसफाई कार्यक्रम गरिने र यसअवधिमा मुल्यांकन समितिबाट उत्कृष्ट टोल विकास संस्थालाई नगद ५ हजार, २ हजार ५ सय रुपैयासहित प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए।

    संस्थाबाट ९ सय घरधुरीले खानेपानी सेवा लिदै आएको उनले बताए। वडा नं १२ र १३ गरि दुई वडा समेट्ने सो क्षेत्रमा २ हजार पाच सय घरधुरी रहेका छन।

    safai.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology