Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९८ पुग्यो,सक्रिय संक्रमित २०८९१

थप ७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९८ पुग्यो,सक्रिय संक्रमित २०८९१

  • 2.1K
    SHARES

  • थप ७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४९८ पुग्यो,सक्रिय संक्रमित २०८९१

    बुटवल,असोज १४ -

    नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ। 

    ५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ५६ हजार ४२८ जना संक्रमित  उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७२.५ प्रतिशत हो। 

    हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन्। आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ। 

    पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology