Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सीता भण्डारीको शव झण्डै एक महिनासम्म दाह संस्कार हुन नसक्नु दुःखद पक्ष : शान्ति समाज

सीता भण्डारीको शव झण्डै एक महिनासम्म दाह संस्कार हुन नसक्नु दुःखद पक्ष : शान्ति समाज

  • 4.2K
    SHARES

  • सीता भण्डारीको शव  झण्डै एक महिनासम्म दाह संस्कार हुन नसक्नु दुःखद पक्ष  : शान्ति समाज

    बुटवल,असाेज १७ ।

    शंकास्पद मृत्यु भएकी रुपन्देही मणिग्रामकी सीता भण्डारीको शव झण्डै एक महिनासम्म दाह संस्कार हुन नसक्नु दुःखद भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । 

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती गोविन्द खनालले अनुसन्धानलाई  बैज्ञानिक र निष्पक्ष बनाई सबैको विश्वसनिय बनाउने बाताबरण निर्माण गर्न प्रशासनसंग  खनालले आग्रह गरे ।

    न्याय मर्दैन भन्नेमा नागरिकलाई आश्वास्त पार्ने जिम्मेवारी समग्र रुपमा राज्य पक्षकै हुने हुँदा यस बिषयमा  तिनै तहका सरकार  गम्भिर  बन्नुपर्ने उनले बताए  । 

    उनले न्यायलाई केन्द्रबिन्दुमा राखेर  सरोकारवाला अंगहरुप्रति नागरिकको विश्वास जगाउने वातावरण तयार गर्नुपर्ने उनले बताए ।   जनप्रतिनिधि, राजनीतिक समाज , नागरिक समाज र संचार क्षेत्रले समस्या समाधानका लागि प्रभावकारी भुमिका निर्वाह गर्न अपिल गरे ।   समाजका केन्द्रिय सदस्य विष्णु भुषाल ,संचारकर्मी दामोदर खनाल लगायतको टोलीले मृतक सिता भण्डारीको घरमा उहाँका बुवाआमा भेट गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology