Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली निर्वाचित

मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली निर्वाचित

  • 3.0K
    SHARES

  • मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली  निर्वाचित

    बुटवल,असोज १७ ।

    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  मुस्ताङ काँग्रेसको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् ।

    महाधिवेशन अन्तर्गत पालिका र क्षेत्रहरुमा निर्वाचन चलिरहेको बेला मुस्ताङमा पहिलो चरणमै काँग्रेसमा जिल्ला सभापतिमा पूर्वमन्त्री समेत रहेका रोमी गौचन थकाली निर्विरोध निर्वाचित भएका हुन् । 

    मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यको उपस्थितिमा भएको जिल्ला अधिवेशनले सभापतिमा थकालीसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    निर्वाचन अधिकृतको जिम्मेवारी पाएका नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष अनन्त आचार्यले सर्वसम्वत रुपमा रोमी गौचनको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको जानकारी दिए ।

     उनका अनुसार उपसभापतिमा विजय हिराचन, महिला उपसभापतिमा ढोका गुरुङ, सचिवमा विकल शेरचन,छेवाङ नर्वु गुरुङ, सहसचिव नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन निर्वाचित भएका हुन् ।

    अधिवेशनले १५ जना कार्यसमिति सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ । मुस्ताङका पाँचवटै पालिकामा यहि असोज ९ मा भएको पालिकास्तरीय निर्वाचनमा सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित १ सय ५८ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।

    सर्वसम्मत निर्वाचित अध्यक्ष थकालीले मुस्ताङका पालिका र जिल्लामा निर्विरोध निर्वाचन सम्पन्न भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology