Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आन्तरिक हवाई उडानको कोटा बढ्यो ,बुद्धले दैनिक २५ वटा उडान गर्ने

आन्तरिक हवाई उडानको कोटा बढ्यो ,बुद्धले दैनिक २५ वटा उडान गर्ने

  • 3.5K
    SHARES

  • आन्तरिक हवाई उडानको कोटा बढ्यो ,बुद्धले दैनिक २५ वटा उडान गर्ने

    बुटवल,असोज १४ -

    सरकारले आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो ।

    यसबीचमा हवाई यात्रुको बढ्दो चापकाबीच प्राधिकरणले कम्पनीहरुलाई दैनिक दिएको उडानको कोटा बढाएको हो । प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ ।

    यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।

    प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।

    प्राधिकरणले सिम्रिक र सौर्यलाई २-२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एकरएक उडानको अनुमति दिइएको थियो ।

    दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीनरतीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ ।

    त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ । कम्पनीहरुका अनुसार लकडाउन र निषेधाज्ञापछि खुलेको आन्तरिक उडानका यात्रुको आकर्षण देखिएको छ । अहिले हवाई उडानका ९० प्रतिशतभन्दा माथि सीट भरिएको छन् ।

    याे नियम बिहीबारबाट लागू हुनेछ ।

    buddha__air.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology