Logo बिहिवार, आश्विन १ गते २०८३
images

सीता मृत्यु प्रकरण : रुपन्देही प्रहरीले सार्वजनिक गर्याे २६ दिनमा अनुसन्धान प्रगति

सीता मृत्यु प्रकरण : रुपन्देही प्रहरीले सार्वजनिक गर्याे २६ दिनमा अनुसन्धान प्रगति

  • 11.1K
    SHARES

  • सीता मृत्यु प्रकरण : रुपन्देही प्रहरीले सार्वजनिक गर्याे २६ दिनमा अनुसन्धान प्रगति

    बुटवल,असोज १५ । 

    रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय ‘मृत्यु’ प्रकरणको २६ दिनपछि रुपन्देही प्रहरीले अहिलेसम्मको अनुसन्धान प्रगति सार्वजनिक गरेको छ । 

    मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।

    प्रहरीले सीताले सुसाइड नाेट लेखेर आत्महत्या नै गरेको अनुसन्धानबाट देखिएको जनाएको छ ।

    स्क्यान पत्र.jpg

    घटनाबारे ईलाका प्रहरी कार्यालय बुटवलबाट केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) समेतको सहयोगमा अनुसन्धान कार्य भएको रुपन्देही प्रहरीको भनाइ छ ।

    यता प्रहरीको अनुसन्धान प्रगति सार्वजनिक भएपछि माइतिपरिवारले भने याे अमान्य हुने बताएको छ । शनिबार बिहान ६ बजेबाट तिलाेत्तमा बन्द गर्ने मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले बताए ।

    हेराैँ प्रहरीले सार्वजनिक गरेको बिवरण :

    • मिति २०७८।५।२० गते अन्दाजी ०४:३० बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.५ मणिग्राम स्थितवर्ष २७ की सिता भण्डारी पौडेल आफ्नै घरकोठामा मृत अवस्थामा फेला परेको भन्ने सुचना प्राप्त भए पश्चात यस कार्यालयबाट अधिकृत सहित प्रहरी टोली घटनास्थलमा  खटि गई लाशजांच मुचुल्का समेतको कार्य पुरा गरी  सोही दिनशब पोष्टमार्टमको लागी लुम्बिनी प्रादेशिक अस्पतालमा  मृतक शव पठाईएको ।
    • मृतक सीता भण्डारी पौडेलको प्राप्त शव परिक्षण प्रतिवेदनमा  निजको मृत्युको कारण झुण्डि मृत्यु भएको (Hanging)उल्लेख भएको ।
    • मिति २०७८।०५।२२ गते मृतकको बुवा हरी प्रसाद भण्डारीबाट मृतकको श्रीमान टिका पौडेल र मृतकको आमाजु (दिदी) बिष्णु पौडेलको बिरुद्धमा आत्महत्या दुरुत्साहन जाहेरी दरखास्त प्राप्त भएको ।
    • प्रतिवादीहरु मृतकका श्रीमान टिका पौडेल, जेठाजु हरि प्रसाद पौडेल र आमाजु दिदी विष्णु पौडेललाई सम्मानित जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखि अनुसन्धान भई रहेको ।
    • मिति २०७८।०५।२९ गते हरि प्रसाद भण्डारीले पुन: ज्यान सम्बन्धी कसूरमा टिका पौडेल, बिष्णु पौडेल र हरि प्रसाद पौडेल बिरुद्ध जाहेरी दिएको र उक्त जाहेरी समेत मिसिल संलग्न राखी अनुसन्धान गरिएको ।
    • मृतक र निजको श्रीमानको मोबाईल Technical Analysis का लागि Digital Forensic Lab मा पठाईएको ।
    • थप अनुसन्धानको लागी केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) बाट टोली खटि आई स्थलगत रुपमा प्राबिधिक विश्लेषण गरिएको ।
    • अनुसन्धानको क्रममा मृतक तथा निजको श्रीमान टिका पौडेलको Timeline विश्लेषण गरिएको ।
    • घटनास्थल नजिक प्राप्त CCTV Footage को विश्लेषण गरिएको ।
    • मृतक सिता भण्डारी पौडेलको विगतमा लेखिएको Message को Font Pattern विश्लेषण गरिएको ।
    • मृतक सिता भण्डारी पौडेलको मोबाईल को सेवा प्रदायक निकाय संग SMS माग गरी निजको श्रीमान टिका पौडेल संग भएको SMS विवरण विश्लेषण गरिएको ।
    • Digital Forensic Lab(DFL)मा प्राबिधिक परीक्षणको लागी पठाईएको मृतक सिता भण्डारी पौडेलको घटनास्थलबाट बरामद IPhone मोबाईलको Note मा मिति २०७८।०५।२० गते राति १२ बजे १७ मिनेटमा लेखिएको Suicide Note सहितको प्रतिवेदन प्राप्त भएको ।
    • Digital Forensic Lab(DFL) बाट प्राप्त Suicide Note मा Romanised नेपालीमा लेखिएको Smsको भाषाशैली र Pattern विगतको मृतककोSmsसंग मिल्ने देखिएको र सो नोटमा“ .........मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु, मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न भनि लेखिएको ” ।
    • अन्य थप अनुसन्धान कार्य भईरहेको ।स्क्यान पत्र.jpg
    • रुपन्देहीको तिलोत्तमामा युवतीको ‘संकास्पद हत्या’,प्रहरीले जाहेरी दर्ता गरेन !

    • सीता मृत्यु प्रकरण : रुपन्देही प्रहरीले सार्वजनिक गर्याे २६ दिनमा अनुसन्धान प्रगति

    • सीता मृत्यु प्रकरण : १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गर्यो

    • आन्दोलन २५ औँ दिनमा : गृहमन्त्रीज्यू सीता भण्डारीले न्याय पाउँनुपर्दैन ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology