Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओली भन्छन् : यो एमालेको होइन,एकीकृत पार्टीको विधान अधिवेशन हो

ओली भन्छन् : यो एमालेको होइन,एकीकृत पार्टीको विधान अधिवेशन हो

  • 1.5K
    SHARES

  • ओली भन्छन् : यो एमालेको होइन,एकीकृत पार्टीको विधान अधिवेशन हो

    बुटवल,असोज १५ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई घेराबन्दी गर्ने नयाँ श्रृङ्खला सुरु भएको बताएका छन्। शुक्रबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनको उद्धघाटन सत्रमा बोल्ने क्रममा ओलीले पार्टीलाई घेराबन्दी गर्ने कार्य भएको बताए।

    कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न फुटलाई प्रश्रय दिएको माधव नेपाललाई आरोप लगाए। सिमिति व्यक्तिको स्वार्थले एकीकरणले मूर्त रुप लिन नसकेको बताउँदै उनले विधान महाधिवेशनलाई एकीकृत महाधिवेशनका रुपमा अर्थ्याए। विधान महाधिवेशन पार्टी जीवनमा नितान्त नयाँ प्रयोग भएको उनको भनाइ थियो।

    ओलीले एमालेको हस्तक्षेपकारी निर्णायक भूमिकाका कारण ३ असोज २०७२ मा संविधान जारी हुन सम्भव भएको दाबी गरेका छन्।uml.jpg

    ओलीले आफ्नो पार्टीकै अग्रसरताका कारण संविधान जारी गर्ने वातावरण बनाउन तत्कालीन अवस्थामा दलहरुबीच १६ बुँदे सहमति बनेको पनि दाबी गरेका छन्।  संविधान जारी हुँदाको समयमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले हिंसा र उत्तेजना फैलाउने कार्यमा सहभागी भएको पनि ओलीले आरोप लगाएका छन्। 

    नेपाली समाज राजनीतिक स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको भन्दै ओलीले आगामी दिनमा पनि संविधानको रक्षा र कार्यान्वयनमा यसैगरी भूमिका खेल्ने उल्लेख गरेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology