बुटवल,असोज १५ ।
नेकपा एमालेमा पदाधिकारीको संख्या १३ बनाउन प्रस्ताव गरिएको छ।
पार्टीको शुक्रबारदेखि सुरु विधान महाधिवेशनमा प्रस्तुत गरिएको पार्टीको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ र सचिवको संख्या ६ बनाउने प्रस्ताव गरिएको हो।
प्रस्तावित विधानमा उपमहासचिवको व्यवस्था हटाइएको छ। प्रस्तावित संशोधन प्रस्ताव अनुसार अध्यक्ष- १, उपाध्यक्ष- ५, महासचिव- १, सचिव- ६ र केन्द्रीय सदस्य- २१२ गरी समग्रमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ।
यसअघि एमालेमा अध्यक्ष-१, उपाध्यक्ष-५, महासचिव- १, उपमहासचिव- २, सचिव- ५ गरी १४ जना पदाधिकारी रहने व्यवस्था थियो। त्यस्तै, वरिष्ठ नेताको पनि व्यवस्था थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)