बुटवल,असोज १५ ।
रुपन्देहीको तिलोत्तमामा मोटरसाइकलको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१२ की २ वर्षीया पृषिका गाहा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तिलोत्तमा १२ नौ नम्बरमा लु ७१ प ५६३४ नम्बरको मोटरसाइकलले पैदलयात्रामा रहेका आमा-छोरीलाई ठक्कर दिएको हाे । बालिकाकी आमा २० वर्षीया संगीता गाहा र मोटरसाइकलका चालक सोही ठाउँकै २५ वर्षीय सुबास काफ्ले घाइते छन् ।
बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनकी आमाको पुरानो मेडिकल कलेज भरतपुरमा र मोटरसाइकलका चालक काफ्लेको मणिग्राम स्थित क्रिमसन अस्पताल उपचार जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)