Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने

प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने

  • 2.2K
    SHARES

  • प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने

    बुटवल,असोज १५ ।

    नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन्।  शुक्रबार बिहान आफू निकट नेताहरुसँग बानेश्वरमा भेला गरेका उनले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताए

    म विधान महाधिवेशनमा सहभागी हुँदिन साहले भने, म मात्रै होइन, ’हाम्रो टिमको कोही पनि सहभागी हुँदैनन्।’

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपा दुई पक्षमा विभाजित थियो। सुरुवातमा ओलीको कदमको विरोध गरेका साह पछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षसँग असन्तुष्ट भएका थिए। लगत्तै उनी ओली मन्त्रिपरिषद्को सदस्य बनेका थिए।

    केही महिनायता उनले ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रुपमा लिनुपर्ने र त्यही अनुसारको नीति हुनुपर्ने बताउँदै आएका थिए। तर, त्यसलाई ओलीले मुखले स्वीकार गरे पनि व्यावहारिक रुपमा भने हिजोकै एमालेलाई निरन्तरता दिएको साहको बुझाइ छ। ओलीले आफूलाई दिएको बचनबाट पछि हट्दै धोका दिएको बुझाइमा साह छन्।

    एमालेमा असन्तुष्ट भएका उनले आईटी आर्मीका नाममा प्रदेश २ का जिल्लाहरुमा गतिविधि गर्दै आएका छन्। यसैबीच साहले एमालेसँग ८ बुँदे फरक मत प्रस्तुत गरेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology