Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा भोलीदेखी बि लेभल पुरुष भलिबल प्रतियोगिता

बुटवलमा भोलीदेखी बि लेभल पुरुष भलिबल प्रतियोगिता

  • 2.5K
    SHARES

  • बुटवलमा भोलीदेखी बि लेभल पुरुष भलिबल प्रतियोगिता

    बुटवल,असोज १४ ।

    लाफा समुह बुटवलको आयोजनामा भोलीदेखी बि लेभल पुरुष भलिबल प्रतियोगिता शुरू हुँदैछ ।

    खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै युवा खेलाडीलाई व्यावसाहिक बनाउने उदेश्यका साथ लाफा समुहको आयोजनामा भोलीदेखी ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।

    दिपनगर स्थित शिवनगर सामुदायिक वनमा रहेको खेलमैदानमा प्रतियोगिता सम्पन्न हुने समुहका अध्यक्ष तारा रेश्मीमगर नागरिक अनलाइनलाइ जानकारी दिए । प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका देशभरका विभिन्न जिल्लाका ३० वटा युवाहरुको टिमको सहभागिता रहने उनले बताए ।

    प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि दोस्रो टिमले नगद २० हजार,तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

    समुहले सामाजिक उत्तरदायीत्व अन्तरगत एम्बुलेन्स खरिद, अनाथरवृद्धाश्रमलाई सहयोग, नियमित रक्तदानका साथै ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

    प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए । खेलप्रेमी र विभिन्न संघसंस्थाहरुको सहयोगबाट प्रतियोगिता गर्न लागेको उनले बताए ।

    लाफा समुहले संचालन गरेको एकेडेमीमा हाल ४ दर्जन बढि उमेर समुहका खेलाडीहरु बिहानसाझ प्रशिक्षण लिदै आएको प्रशिक्षक विजय गुरुङले बताए । समुहका संरक्षक बासुदेव लामिछानेले प्रतियोगिता आयोजनाबाट यस क्षेत्रको खेलकुद विकाशमा समेत टेवा पुग्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology