बुटवल,असोज १४ ।
रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय ‘मृत्यु’ प्रकरणपछि शुरु भएको आन्दोलन २५ औँ दिनमा पुगेको छन ।
मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको छ ।
न्यायको आन्दोलन २५ दिनदेखि जारी छ। गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा दैनिकजसो नाराबाजी गर्दै न्यायको आन्दोलन जारी रहँदा पनि गृहमन्त्री खाँणले न्यायका लागि कुनै पहल नै नगरेको आन्दोलनरत पक्षको दाबि छ ।
सडकमा आन्दोलनचर्किँदा पनिदा स्थानीय ,प्रदेश र संघीय सरकार रमिते बनेका छन् । गृहमन्त्रीले न्यायका लागि पहल नगरेको आन्दोलनरत पक्षको भनाइ छ।
पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको हाे। 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए। सिआइवीको टोली समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ। 
यता गृहमन्त्री खाँणका स्वकीय सचिव ब्रिजेश न्यौपानेले घटनाका बारेमा सत्य-तथ्य अनुसन्धान गर्न निर्देशन दिएको बताए। गृहमन्त्री खाँण सरकार विस्तार भएपछि मात्रै गृहजिल्ला आउने स्वकीय सचिव न्यौपानेले बताए। सरकार विस्तारमा बिलम्व हुँदा कामको भार धेरै भएको बताउँदै गृहमन्त्री गृह जिल्ला आउन नपाएको उनको भनाइ छ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)