Logo बुधवार, श्रावण १३ गते २०८३
images

नवउद्यमशाला कार्यक्रमको लागि बुटवल उद्योग बाणिज्य संघले माग्योआवेदन

नवउद्यमशाला कार्यक्रमको लागि बुटवल उद्योग बाणिज्य संघले माग्योआवेदन

  • 2.5K
    SHARES

  • नवउद्यमशाला कार्यक्रमको लागि बुटवल उद्योग बाणिज्य संघले माग्योआवेदन

    बुटवल,असोज १४ ।

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रमको लागि आवेदन आह्वान गरेको छ ।

    नविनतम सोच भएका युवा उद्यमीलाई व्यबसाय अभिबृद्धिको साथै व्यबसायिक प्रवद्र्धनको लागि आयोजना गरिएको कार्यक्रममा नव उद्यमीलाई आवेदन आह्वान गरिएको हो ।

    पहिलो संस्करणमा सफल भएको यो कार्यक्रम दोस्रो संस्करणमा पुन सञ्चालन गर्न लागिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले बताउनुभयो ।

    यो कार्यक्रममा सहभागि हुनको लागि व्यबसायको संस्थापक नेपाली नागरिक हुनुपर्ने, व्यबसाय सञ्चालन भएको ३ वर्ष नपुगेको हुनुपर्ने र नवीनतम सोचको लागि अवधारणा पेश गर्नुपर्ने न्यूनतम मापदण्ड निर्धारण गरिएको संघका व्यबसाय बिकास अधिकृत तथा कार्यक्रमका फोकल प्रसन केशव ढकालले बताउनुभयो ।

    बुटवल उद्योग बाणिज्य संघ, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी बाणिज्य क्याम्पसको साझेदारीमा सञ्चालन गरिने उक्त कार्यममा सहभागि हुन चाहने नव उद्यमीले आगामी कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

    यो कार्यक्रमका माध्यमबाट व्यापार विस्तार तथा व्यबसाय सञ्जाल पहिचानमा सहजता, विजनेश कोच र मेन्टरशिप, मासिक तालिम लगानी मैत्री वातावरणको लाभ लिन सकिने पनि उहाँले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology