बुटवल,असोज १४ ।
सुनचाँदी व्यवसायीले बर्षोदेखि कानुनी र नितिगत समस्यासँगै प्राविधिक कठिनाई भोग्दै आएकाले त्यसको समाधानमा सरकारलाई गम्भिर हुन आग्रह गरिएको छ ।
बुटवल सुनचाँदी व्यवसायी संघको सोमबार बुटवलमा भएको साधरणसभा तथा प्रथम अधिवेशनबाट निर्वाचितहरुको पदस्पथापना कार्यक्रममा सहभागीहरुले यस्तो कुरा बताएका हुन ।
उनीहरुले बर्षोदेखि सुनचाँदी व्यवसायीहरुले कानुनी रुपमा जटिलताहरु भोगेको बताउँदै कोभिडपछि चलायमान भएको सुन व्यवसायमा राष्ट्र बैंकले तोकेको सुनको कोटाका कारण अहिले व्यवसायी समस्यामा परेको बताएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवासायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनको अभावले व्यवसायीहरुले महंगोमा कालोबजारीमा सुन किन्नुपरेको बताए । उनले राष्ट्र बैंकसँग यस बिषयमा महासंघका तर्फबाट पहल भइरहेको बताए ।
उनले सुनचाँदी व्यवसायीहरुले भने सरकारी स्पष्ट निति नभएकै कारण नितिगत र व्यवहारिक जटिलताले विस्थपित हुने अवस्था सृजना भएको भन्दै सरकारको ध्यानआर्कषण गराए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, बुटवल उपमहानगर वडा न. ५ का वडाअध्यक्ष तेजकुमार सुनार, केन्द्रीय सदस्य एमवि विश्वकर्मा, बुटवल उपद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसुजु, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवर, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्मा, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्मा, लगायतले बोल्दै व्यवसायिक हक र अधिकारका लागि सबै पक्ष गम्भिर बन्नुपर्नेमा जोड दिएका थिए ।
उक्त अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै बुटवल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष एंव व्यवसायी दीपक विश्वकर्माले सुनको माग अनुसार आपूर्ती नहुँदा कालोबजारी मौलाएको बताउँदै सुनको कोटा नै खारेज गर्नुपर्ने बताए ।
उनले संघले व्यवसायीको पक्षमा निरन्तर काम गरेको समेत बताए । संघले साधरणसभाको अवसरमा बुटवलका पूराना सुनचाँदी व्यवयायी गोविन्द विश्वकर्मा, ज्योतिलाल विश्वकर्मा, उमाखर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।
बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष दीपक कुमार विश्वकर्माले गकुल विश्वकर्माको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिलाई पदस्थापना गरेका हुन ।
उक्त अवसरमार अघिल्लो कार्यसमितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । कार्यक्रम मिलन विश्वकर्माको स्वागत तथा सावि विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)