Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघका पूर्व अध्यक्ष कुवँरको निधन

पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघका पूर्व अध्यक्ष कुवँरको निधन

  • 3.3K
    SHARES

  • पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघका पूर्व अध्यक्ष कुवँरको निधन

    बुटवल,असोज १४ ।

    रूपन्देहीका पेट्रोलियम ब्यवसायी हरिबहादुर कुवँरको निधन भएको छ । बुटवल ८ घर भएका कुवँरको बिहिबार (असोज १४ गते) विहान १०:३० बजे उपचारका क्रममा काठमाण्डौंमा निधन भएको हाे ।

    कुवँर पश्चिमाञ्चल ट्यांकर ब्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष,बरिष्ठ यातायात तथा पेट्रोलियम ब्यवसायी, मिलन ब्रदर्सका संचालक हुन् ।

    उनी नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा युवा ब्यवसायी भरतजंग कुवँरका पिता र गँगा कुवँरका श्रीमान् समेत हुन् ।कुवँरको बिहिबार नै अन्तेष्टी गरिने जनाइएको छ ।

    कुवँरको १ छाेरा,३ छाेरी र एक श्रीमती छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology