बुटवल,असाेज १४ ।
बुटवल देविनगरमा रहेको विवान फार्मेसीले मुटु दिवसको अवसरमा स्वस्थ्य मुटु, स्वस्थ्य जीवनको कामना गर्दै फार्मेसीको प्राङ्गणमा दीप प्रज्वलन गरेको छ ।
फार्मेसीका म्यानेजिङ्ग डाईरेक्टर दीपक ढकालको संयोजकत्वमा भएको कार्यक्रममा स्वस्थ्य मुटुरोगको कारण र त्यसबाट बच्ने उपायहरुको बारेमा चिकित्स्कहरुले आफ्ना भनाई राख्नुभएको थियो । परिवर्तित खानपिन, जीवनशैली एवं सचेतना नै अवस्थ्य मुटुको कारणको विषयमा बक्ताहरुले जोड दिनुभएको थियो ।
दिप प्रज्वलनमा चिकित्सकहरु सन्दिप शाक्य, नरेन्द्र यादव, एन के अर्याल, डाईरेक्टर दीपक ढकाल, फार्मेसिस्ट ईन्दिरा चौधरी, सिएमए सङ्गिता गहतराज लगायतको उपस्थिती रहेको थियो ।
फार्मेसिले अहिले निसुल्क मास्क बाडिरहेको, साझ विभिन्न रोगहरुका स्कुमेन्ट्री प्रदर्शन गर्दै आएको र पाइल्स, हाडजोर्नी, नशा, मुटु, सुगर, बालरोग जस्ता रोगहरुका बिरामिहरुलाई चिकित्सय सेवा प्रदान गर्दै आएको दीपक ढकालले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)