टवल,असाेज १३ ।
बुटवलमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
बुटवल १० कालिकानगर स्थित बिक्रम मल्लको घरमा रहेको टोयोटा अटो वास प्रालिको पुरानो बोर्डमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पा रम्भा गाउँपालिकाका १ असेर्दी घर भएका हालभने बुटवल-८ सुख्खानगर पुष्पापथ स्थित फ्यूचर टाइम कम्पनीमा कार्यरत २१ वर्षिय अशोक घर्तीको उपचारगर्न लैजादै गर्दा क्रिमशन अस्पताल मणिग्राममा मृत्यु भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)