Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजै मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

आजै मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

  • 1.8K
    SHARES

  • आजै मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

    बुटवल,असाेज १२ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । उनले मंगलबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।

    सोमबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।

    अध्यादेश निष्क्रिय नभइ सरकार बिस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टी बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा थियो ।

    सरकारले केही समयअघि माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।

    सोही अध्यादेशका आधारमा नेकपा एमाले विभाजन भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन भइसकेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology