Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यान महासंघ रुपन्देहीको २० औं साधारणसभा,डिजिटल रुपन्देहीको अवधारणा

क्यान महासंघ रुपन्देहीको २० औं साधारणसभा,डिजिटल रुपन्देहीको अवधारणा

  • 3.6K
    SHARES

  • क्यान महासंघ रुपन्देहीको २० औं साधारणसभा,डिजिटल रुपन्देहीको अवधारणा

    बुटवल,असोज १० ।

    कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा रुपन्देही क्यानको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    सूचना प्रविधिको विकास एवं प्रर्वद्धनका लागी स्थापना भएको क्यानले स्थापनाकालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्य गर्दैं आइरहेको छ ।

     कार्यक्रममा बोल्दै प्रमुख अथिति कम्प्युटर एसोसिएसन नेपाल महासंघ केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठले सूचना प्रविधि क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप रुपन्देहीलाई सशक्त रुपमा अघि बढन सुझाब दिए ।

    कार्यक्रममा क्यान महासंघ लुम्बिनी प्रदेशका सचिव नारायण खनाल, लुम्बिनी प्रदेश सदस्य रेश्मीराज घिमिरे, जिल्ला शाखा पूर्वअध्यक्ष लोकरी पाण्डे, सिएस आइटीका निवर्तमान अध्यक्ष नारायण अधिकारी लगायतले बोलेका थिए । 

    कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै रुपन्देहीका दुई स्थानीय तह बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संघको कार्यालयका लागि जग्गाको पहल भइरहेको बताए ।

    उनले  बुटवल उपमहानगरपालिकासंग मिलेर सडक डिभाइडर तारबारसहित वृक्षारोपण गरिने रुपन्देहीका सम्पूर्ण आइटी व्यवसायी र कर्मचारीलाई लक्षित गरी भ्याट तथा इनकम ट्याक्स सम्बन्धि कार्यक्रम गरिने बताए । डिजिटल रुपन्देहीको अवधारणा ल्याउन तथा सूचना तथा संचार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई अझ सक्रिय बनाउने उनले बताए  ।

    त्यस्तै अधिवेशनमा कोषाध्यक्ष सुभास घिमिरेले वार्षिक आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सहसचिव सुरेश चन्द भट्टराईले कार्यक्रम संचालन गरेका थिए भने सदस्यको तर्फबाट बुद्धि पराजुलीले भनाइ राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology