Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँचीको शितगंगामा जमीन भासिँदा ३ सय घर जोखिममा

अर्घाखाँचीको शितगंगामा जमीन भासिँदा ३ सय घर जोखिममा

  • 3.2K
    SHARES

  • अर्घाखाँचीको शितगंगामा जमीन भासिँदा ३ सय घर जोखिममा

    बुटवल,असोज १३- 

    अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुई वटा वडामा जमिन भासिँदा तीन सय घर जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्वर ११ को ढुंगेशेरा र वडा नं. १२ को कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा करिब तीन सय घर जोखिममा परेका जिल्ला विपद व्यवस्थापन समितिले ठहर गरेको हो ।

    जनप्रतिनिधि र  सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले दुई वटा वडाका तीन सय घर पहिरोको जोखिममा परेका ठहर गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।  बैठकले जोखिममा परेका परिवारको सुरक्षित स्थानमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

    शुक्रबार दिउँसो जमिन भासिएर पहिरो जाँदा वडा नं. १२ का जोख्ले गैरा, बतासे र पहरेपानीका २६ घर तथा वडा नंं. ११ को ढुंगेशेराका ५ घर गरी ३१ घर भत्किएका थिए ।

    भिरालो पाखोको वस्तीमा जमिन भासिँदा वडा नम्वर १२ को कोठिया मैदानमा ४६ घर पहिरोको उच्च जोखिममा र झण्डै १ सय घर  जोखिममा परेका वडा अध्यक्ष बाबुराम गैरेले बताए ।यस्तै  वडा नम्वर ११ को ढुंगेशेरा क्षेत्रमा जमिन भासिँदा ११ घर पहिरोको उच्च जोखिममा रहेका र झण्डै २ सय घर पहिरोको जोखिममा परेका वडा अध्यक्ष कपिल आलेले बताए ।

    jamin_pahiro.jpg
    दुवै वडामा घर, गोठ भत्किएर अन्नपात, पशु चौपायासहित ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम अझै नसकिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

    क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समितिसमेत बनाइएको उनले बताए ।

    घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न उपयुक्त ठाउँको खोजी गर्न नगर प्रमुख अधिकारीको संयोजकत्वमा अर्को समिति पनि गठन भएको छ ।

    उक्त स्थानमा तीन–चार वर्षअघिदेखि जमिन धाँजा परेको थियो । स्थानीयले धाँजा पुर्दै खेती गर्दै आएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology