Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्यवती टोलको प्रथम साधारणसभा तथा अधिवेसन,तुलाचन अध्यक्ष चुनिए

सत्यवती टोलको प्रथम साधारणसभा तथा अधिवेसन,तुलाचन अध्यक्ष चुनिए

  • 1.7K
    SHARES

  • सत्यवती टोलको प्रथम साधारणसभा तथा अधिवेसन,तुलाचन अध्यक्ष चुनिए

    बुटवल,असोज ८ ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित सत्यवती टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेसन सम्पन्न भएको छ ।

    कार्यक्रमको वडा सदस्य माया दर्नालले उद्घाटन गर्दै टोल संस्थाको अगुवाईबाट नगरको विकास हुने भएकाले पनि पालिकाले टोल विकासको क्रियाशिलतालाई मध्येनजर गरेर सम्मानका काम समेत गर्दै आएको बताईन । संस्थाका अध्यक्ष भिम केसीले घरबारविहिनहरुलाई ब्यवस्थापित गर्ने काम संस्थाको अग्ररतामा भएको बताए ।

    सरकारबाट अब्यवस्थित बसोबासीप्रतिको सोचमा परिवर्तन आउन नसकेको दुखेसो गर्दै भोट बैक बनाउने प्रथामात्र हुँदै आएको दुखेसो गरे । टोलबासीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै सचेतना जगाउने, समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्ने काम गर्दै आएको उनले बताए । टोलका बासिन्दाहरुका बिचमा द्वन्द चर्काएर समस्यालाई ओझेलमा पार्ने काम भएको उनले गुनासो गर्दै यसप्रति सबै सच्त हुनुपर्ने बताए ।

    समाजसेवी राजेन्द्र ढकाल, बुद्घभुमि ट्याक्सि ब्यवसायी अध्यक्ष विष्णु काफ्ले, पवित्र नगर टोल विकास संस्थाका अध्यक्ष दुर्गा रानाथोक, रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसी, लियो क्लब अफ बुटवल सिद्घबाबाका सचिव सनिल गुप्ता, दामने रसुल मुस्लिम सेवा समितिका अध्यक्ष मोहमद कलिम, संस्थाका सचिव श्याम तुलाचनले पिछडिएका बस्तिमा स्वस्थ्य, सरसफाईका क्षेत्रमा धेरै संघसंस्थाहरुसंग विभिन्न रचनात्मक कार्यक्रम गरिदै आएको बताए ।

    अब्यवस्थित बसोबासीका रुपमा रहेको सो क्षेत्रमा ३ सय ९६ घरधुरी रहेका छन । अधिवेसनबाट श्याम तुलाचनको अध्यक्षतामा नया नेतृत्व चयन भएका छन ।

    जसको उपाध्यक्षमा सावित्री कंडेल, सचिव विष्णु काफले, सहसचिव दयाराम भुषाल, कोषाध्यक्ष राम बहादुर रोक्का तथा सदस्यहरुमा सुमित्रा ज्ञवाली, बलराम पाण्डे, ओम भट्टराई, सावित्री गौतम, कलमनाथ केवट, मोहमद कलिम चयन भएका छन । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology