Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधव नेपालको टीप्पणी : ओलीको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्छ

माधव नेपालको टीप्पणी : ओलीको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्छ

  • 2.1K
    SHARES

  • माधव नेपालको टीप्पणी : ओलीको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्छ

    बुटवल,असोज ९ । 

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले ओलीको दम्भका कारण दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपेक्षालाई लत्याएको आरोप लगाए । उनले ओलीको दम्भ अब धेरै दिन नटिक्ने समेत बताए ।

    शनिबार हेटौंडामा आयोजित शपथ ग्रहण तथा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले विधि, विधानलाई नमान्ने र संविधान मिच्ने गरेको आरोप लगाए ।

    नेकपा एकीकृत समाजवादी पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा आफ्नो अभियान सुरु गरेको दाबी गर्दै उनले यसमा अन्य दलहरूको समेत साथ रहेको दाबी गरे । अध्यक्ष नेपालले भने, ‘केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागे । त्यसैले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपर्यो ।’ 

    समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दै देश र जनताको हितका लागि काम गर्ने बताउँदै उनले जनताको बहुदलीय जनवाद जबज को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको बताए ।  विरोधीहरुले भनेजस्तो नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्लाका पछि नलाग्न समेत उनले आग्रह गरे ।

    उनले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका थिए ।

    जबज नेकपा एकीकृत समाजवादी पार्टीको मुलमन्त्र भएको समेत अध्यक्ष नेपाले स्पष्ट पारे । उनले देशभर एकीकृत समाजवादीको पक्षमा लहर आइरहेको दाबी गर्दै देशभर समाजवादीको संगठन निर्माणका कामहरु द्रूत गतिमा भैरहेको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology