बुटवल, असोज ९ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सकिएका जिल्लामा पालिका अधिवेशन शुरू भएको छ ।
नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ स्थानीय तहमा बिहान ८ बजेदेखि पालिका अधिवेशन शुरू भएको हाे ।
बुटवलको दीपनगरमा रहेको सिद्धेश्वरी माबिमा कांग्रेस बुटवल नगरको अधिबेशन शुरू भएको हाे । उम्मेदबारहरूले उम्मेदवारी दर्ता गरिरहेका छन् ।





यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)