Logo बिहिवार, आश्विन १ गते २०८३
images

करेन्ट लागेर कञ्चन गाँउपालिकाका ४५ बर्षिय बस्नेतको मृत्य्रु

करेन्ट लागेर कञ्चन गाँउपालिकाका ४५ बर्षिय बस्नेतको मृत्य्रु

  • 2.0K
    SHARES

  • करेन्ट लागेर कञ्चन गाँउपालिकाका ४५ बर्षिय बस्नेतको मृत्य्रु

    बुटवल, असोज ९ ।

    रुपन्देहीको कञ्चन गाउपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । घर बनाउनका लागि फलामको छड काट्ने क्रममा बिधुतको हाईटेनसन तारमा छड छोइएर करेन्ट लागेको हाे । 

    करेन्ट लागेर घाइते भएका रुपन्देही जिल्ला कञ्चन गाउपालिका वडा नं. ४ बस्ने ४५ बर्षिय रन बहादुर बस्नेतको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिनुभयाे ।

    कञ्चनमा बिस्तार गरिएका बिधुतिय हाईटेनसन तारको उचाई कम र सडकको किनारमै भएका कारण दुर्घटनाको जोखिम अत्याधिक रहेको स्थानियहरुले गुनासो गरेका छन ।

    ईलाका प्रहरी कार्यलय,रुद्रपुरका अनुसार असोज ८ गते शुक्रवार बिहान करिब ९ बजेको समयमा घटना भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology