Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेयरलाई मुक्का हान्ने पंगेनीविरुद्ध सार्वजनिक कसूरमा अनुसन्धान सुरु,५ दिन हिरासतमा राख्न अनुमति

मेयरलाई मुक्का हान्ने पंगेनीविरुद्ध सार्वजनिक कसूरमा अनुसन्धान सुरु,५ दिन हिरासतमा राख्न अनुमति

  • 4.9K
    SHARES

  • मेयरलाई मुक्का हान्ने पंगेनीविरुद्ध सार्वजनिक कसूरमा अनुसन्धान सुरु,५ दिन हिरासतमा राख्न अनुमति

    बुटवल,असाेज ६ ।

    असाेज चार गते  साेमबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का हानेका ज्योतिनगरका गणेश पंगेनीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान थालेको छ ।

    साेही दिननै पक्राउ गरिएका पंगेनीलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । पंगेनी एमालेको विद्यार्थी संगठन अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्य हुन् ।

    सोमबार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो अवलोकन गर्न गएका बेला मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए ।dhan bdr darji  (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology