Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश पाँचमा एक महिने साबुन पानीले हात धुने अभियान सुरु

प्रदेश पाँचमा एक महिने साबुन पानीले हात धुने अभियान सुरु

  • 4.9K
    SHARES

  • प्रदेश पाँचमा एक महिने साबुन पानीले हात धुने अभियान सुरु

    बुटवल,असोज १३-

    प्रदेश पाँचमा एक महिने साबुन पानीले हात धुने अभियान सुरु भएको छ । नेपाल खुल्ला दिसा मुक्त भएको एक वर्ष पुरा भएको अवसरमा प्रदेश पाँच भौतिक पूर्वाधार बिकास मन्त्रालयले एक महिने हात धुने अभियान सुरु गरेको हो ।

    कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नको लागि सरकारले एक महिने अभियान सुरु गरेको भौतिक तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी गराउनुभयो ।

    कोरोना भाईरस संक्रमको जोखिम कायमै रहेकाले हात धुने बानिको बिकासलाई अझै प्रभावकारी बनाउनको लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरि अभियानका बारेमा जानकारी गराईएको हो ।मन्त्रालयका अनुसार यो अभियान आगामी कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रदेश सरकारका प्रवक्ता रमेत रहनुभएका मन्त्री चौधरीले सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, नीजि प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलहरुमा कन्ट्याक्ट लेस हात धुने व्यबस्था मिलाउन आग्रह गर्नुभयो ।

    नियमित रुपमा हात धुने बानीको बिकास गरे यसले कोरोना भाईरस संक्रमणबाट सुरक्षित रहन धेरै ठूलो काम गर्ने उहाँको भनाई छ ।

    मन्त्रालयका खानेपानी महाशाखा प्रमुख ध्रुव धितालले कोरोना र अन्य जोखिम भएका स्थानहरु सरकारी कार्यालय, अस्पताल, विद्यालय, उद्योग कलकारखाना, सपिङमल, सिनेमा घर र अन्य ठाउँहरुमा साबुन पानीले हात धुने स्थानको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । उहाँले अझैपनि प्रदेश ५ का ग्रामिण क्षेत्रमा सवै घरमा साबुन पानीले हात धुने बानीको विकास नभैसकेको भन्दै ती स्थानमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी समेत गराउनुभयो ।

    कोरोना भाईरस (कोभिड–१९)को महामारी पछि प्रदेश पाँचमा साबुन पानीले हात धुनेहरुको संख्या ६ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा अध्ययनको काम गर्ने युनिसेफले गरेको सर्वेक्षणले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

    युनिसेफ नेपाल भैरहवाका वास अधिकृत राकेश मल्लीकका अनुसार त्यस अगाडी मिक्सले गरेको अध्ययनमा प्रदेश पाँचमा ९४ प्रतिशतले सावुन पानीले हात धुने गरेका थिए ।

    त्यसमा पनि खाना खानु अंगाडी, खाना खाईसकेपछि, र सौच गर्नु पछाडी तथा आमाले बच्चालाई खाना खुवाउनु अंगाडी पछाडी मात्रै सावुन पानीले हात धुने गर्दथे ।

    कोरोना महामारी पछि युनिसेफले गरेको अध्ययनले यो तथ्यांकमा केही बढोत्तरी भएको छ । त्यस्तै साबुन पानीले हात धुने क्रम पनि बढी देखिएको छ ।

    युनिसेफले करिव ७ हजार जनामा अध्ययन गरेको र त्यसमध्ये ९० प्रतिशतले साबुन पानीले हात धुने गरेको उहाँले बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology