Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अबदेखि बुटवलबाटै परीक्षणकालिन सवारी चालक अनुमति पत्र,लुम्बिनीका मुख्यमन्त्री केसीले गरे शुभारम्भ

अबदेखि बुटवलबाटै परीक्षणकालिन सवारी चालक अनुमति पत्र,लुम्बिनीका मुख्यमन्त्री केसीले गरे शुभारम्भ

  • 7.5K
    SHARES

  • अबदेखि बुटवलबाटै परीक्षणकालिन सवारी चालक अनुमति पत्र,लुम्बिनीका मुख्यमन्त्री केसीले गरे शुभारम्भ

    बुटवल,असाेज ४ ।

    लुम्बिनी प्रदेश सरकारले राजधानी काठमाण्डौ बाहिर पहिलो पटक स्मार्ट सवारी चालक अनुमति पत्र बितरण सुरु गरेको छ ।

    बुटवल स्थित यातायात व्यवस्था कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले परीक्षणकालिन सवारी चालक अनुमति पत्र बितरण कार्यको सुरुवात गरेका हुन् ।

    कार्यक्रमको सुभारम्भ गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले सुरुवात गरेको यो पहिलो महत्वपूर्ण कार्य भएको बताए ।

    सवारी चालक अनुमति पत्र प्राप्त गर्न प्रदेशका जनताले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले परीक्षणकालिन रुपमा सवारी चालक अनुमति पत्र बितरण कार्यको सुरुवात गरेको बताउदै मुख्यमन्त्री केसीले एक बर्ष भित्रमा सवारी चालक अनुमति पत्रका लागि आवेदन दिएका सबैले सहज रुपमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे ।licena.jpg

    हाल नेपालबाट लिएको सवारी चालक अनुमति पत्रको आधारमा अन्य मुलुकमा सवारी साधन चलाउन नपाइने अवस्था रहेको भन्दै मुख्यमन्त्री केसीले यस प्रदेशबाट लिएको सवारी चालक अनुमति पत्रको आधारमा विश्वका जुनसुकै देशमा पनि रोजगारी प्राप्त गर्नसक्ने व्यवस्था गर्न पहल गर्ने बताए ।

    ‘सम्बृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्विनी’ बनाउने संकल्पका साथ प्रदेश सरकार अगाडी बढेको भन्दै उनले प्रदेशका जनतालाई संघीयताको अनुभुत हुनेगरी सहज रुपमा सेवा प्रवाह गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।

     

    licenss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology